गृहमन्त्रीले राजीनामा दिनु राम्रो हुने हर्क साम्पाङको भनाइ

User Image Prime TV News एक महिना अगाडि
Image of गृहमन्त्रीले राजीनामा दिनु राम्रो हुने हर्क साम्पाङको भनाइ

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले गृहमन्त्री सुदन गुरुङले राजीनामा दिनु राम्रो हुने सुझाव दिएका छन्।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गृहमन्त्रीसँग सम्बन्धित विवाद बारम्बार बाहिर आइरहेको भन्दै यसले सरकारको काममा असर पार्ने बताएका हुन्। पत्रकारको प्रश्नमा उनले भने, “जहिले पनि नयाँ–नयाँ कुरा सुनिन्छ, हप्तामा दुई–तीन पटक यस्ता विषय आउँछन्। यस्तो अवस्थामा उहाँले मार्गप्रशस्त गर्दा राम्रो हुन्छ।”

साम्पाङले सरकारलाई सुशासन कायम गर्नुपर्ने र विवादभन्दा काममा ध्यान दिनुपर्ने पनि सुझाव दिए। उनले सरकारका कामहरू स्पष्ट र पारदर्शी हुनुपर्नेमा जोड दिए। यस विषयमा अहिले राजनीतिक वृत्तमा पनि बहस भइरहेको छ।