एप्पलमाका सीईओले दिए राजीनामा
Prime TV News एक महिना अगाडि 
काठमाडौ। विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलमा नेतृत्व परिवर्तन हुने भएको छ। कम्पनीका सीईओ टिम कुकले पद छोड्ने निर्णय गरेका छन्। ६५ वर्षीय कुकले सेप्टेम्बर १ देखि सीईओ पद जोन टर्नसलाई जिम्मा दिनेछन्। त्यसपछि कुक कम्पनीमै कार्यकारी अध्यक्ष का रूपमा रहनेछन्।
जोन टर्नस लामो समयदेखि एप्पलमा काम गर्दै आएका छन्। उनी करिब २५ वर्षदेखि कम्पनीसँग जोडिएका छन् र हाल हार्डवेयर इन्जिनियरिङ प्रमुख छन्। टिम कुकले सन् २०११ देखि एप्पलको नेतृत्व गर्दै आएका थिए। त्यतिबेला स्टीव जब्सले स्वास्थ्य समस्याका कारण पद छोडेका थिए। कुकले त्यसपछि कम्पनीलाई सफल रूपमा अघि बढाएका मानिन्छ।
उनको नेतृत्वमा एप्पलले नयाँ–नयाँ उत्पादन ल्याएको थियो र कम्पनीको मूल्य पनि धेरै बढेको थियो। साथै, कम्पनीका विभिन्न अनलाइन सेवाहरू पनि विस्तार भएका छन्। अब नयाँ सीईओका रूपमा जोन टर्नसले एप्पलको नेतृत्व सम्हाल्ने भएपछि कम्पनीले भविष्यमा कस्तो दिशा लिन्छ भन्ने चासो बढेको छ।







