गृहमन्त्री विवादमा, भीम रावलको प्रश्न: सरकार के गर्छ ?

User Image Prime TV News एक महिना अगाडि
Image of गृहमन्त्री विवादमा, भीम रावलको प्रश्न: सरकार के गर्छ ?

काठमाडौ । नेकपाका नेता भीम रावलले गृहमन्त्री सुधन गुरुङ माथि लागेको आरोपबारे सरकारको धारणा के हुन्छ भनेर प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमा लेख्दै रावलले सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कुरा गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन्द्र शाहले अब के निर्णय गर्छन् भन्ने कुरामा नागरिकको ध्यान गएको बताएका छन्।

गृहमन्त्री गुरुङमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्ट सँग सम्बन्ध रहेको आरोप लागेको छ। साथै, उनले किनेको सेयर सम्पत्ति विवरणमा नदेखाएको विषय पनि विवादमा छ।

रावलले यस्ता गम्भीर विषयमा पारदर्शी छानबिन हुनुपर्ने बताएका छन्। उनले अन्य दलका मन्त्री भएको भए रास्वपाले तुरुन्तै पदबाट हटाउन माग गर्ने भन्दै कटाक्ष गरेका छन्।

उनका अनुसार अहिलेको अवस्था सरकारको वास्तविक प्रतिबद्धता परीक्षण हुने समय हो। यो विषयले राजनीति थप तात्ने संकेत देखिएको छ।