कारबाही रोकिन्न, म डगमगाउँदिन: गृहमन्त्री गुरुङ

User Image Prime TV News एक महिना अगाडि
Image of कारबाही रोकिन्न, म डगमगाउँदिन: गृहमन्त्री गुरुङ

काठमाडौ । गृहमन्त्री सुधन गुरुङले आफूविरुद्ध मिडियामा चलिरहेका आरोपलाई प्रायोजित हल्ला भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै आफ्नो कामबाट डराएकाहरूले यस्तो अभियान चलाएको दाबी गरेका हुन्।

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दिपक भट्ट सँग गुरुङको व्यवसायिक सम्बन्ध रहेको आरोप सार्वजनिक भएपछि विवाद बढेको हो। साथै, उनले ५० लाख रुपैयाँ बराबरको शेयर किनेको तर सम्पत्ति विवरणमा उल्लेख नगरेको भन्ने विषय पनि चर्चामा छ।

यस विषयलाई लिएर नेपाली कांग्रेसले गृहमन्त्रीको राजीनामा माग गरेको छ। कांग्रेसले उनीमाथि निष्पक्ष छानबिन गर्न सरकारसँग आग्रह गरेको छ।

तर गुरुङले भने सबै आरोप अस्वीकार गरेका छन्। उनले भ्रष्टाचारविरुद्ध आफू कडा रूपमा लागिरहेको र त्यसै कारण आफूविरुद्ध हल्ला फैलाइएको बताएका छन्। “कारबाही रोकिन्न, म डगमगाउँदिन,” उनले स्पष्ट रूपमा लेखेका छन्।

गृहमन्त्रीले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको पनि बताएका छन्। अहिले यो विषयले राजनीति तातेको छ र आगामी दिनमा यसबारे थप बहस हुने देखिन्छ।