कांग्रेस संसदीय दलको नेता निर्वाचन वैशाख ११ गते हुने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले संसदीय दलको नेताको निर्वाचन वैशाख ११ गते गर्ने भएको छ। निर्वाचन समितिले आज कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ। सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको नेतृत्वमा निर्वाचन प्रक्रिया अघि बढाइएको हो।
समितिकी सदस्य मुना भुसालका अनुसार आज तालिका सार्वजनिक गरिनेछ। त्यसपछि ९ गते दलको विधान संशोधनबारे छलफल गरी सोही दिन पारित गरिनेछ। त्यसपछि ११ गते निर्वाचन हुनेछ। प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८ सांसद छन्। अन्य सबै दलले संसदीय दलको नेता चयन गरिसक्दा कांग्रेसले भने ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ।
दलको नेताका लागि भीष्मराज आङदेम्बे, अर्जुननरसिंह केसी लगायतका नेताहरू आकांक्षी रहेका छन्।







