राप्रपाको अनुशासन समिति बैठक बस्दै, पार्टीभित्रको विवादबारे छलफल हुने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अनुशासन समितिको बैठक बोलाएको छ। बैठक सोमबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ।
समितिका सदस्य भक्ति सिटौलाका अनुसार बैठकमा पार्टीभित्र देखिएको अनुशासन र पछिल्लो विवादका विषयमा छलफल हुनेछ। पछिल्लो समय पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। इतर समूहले अध्यक्ष राजेन्द्र लिङ्दनको कार्यशैलीप्रति प्रश्न उठाउँदै आएका छन्।
त्यस्तै, महामन्त्री धवलशमशेर राणाले जेठभित्र महाधिवेशन नभए पार्टी संकटमा पर्न सक्ने चेतावनी दिएपछि पार्टीभित्र तनाव थपिएको छ। यिनै विषयलाई लिएर अनुशासन समितिको बैठक बस्न लागेको हो। बैठकमा पार्टीभित्रका अन्य अनुशासनसम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ।







