संविधान संशोधन अध्ययन गर्न कांग्रेसको विज्ञ समिति पूर्ण
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले संविधान संशोधनसम्बन्धी अध्ययन र सुझाव दिन गठन गरिएको विज्ञ समितिलाई पूर्णता दिएको छ।
उपसभापति पुष्पा भुसालको संयोजकत्वमा रहेको यो समितिमा थप सदस्यहरू समावेश गरिएको पार्टीले जनाएको छ। समितिमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी, ललितकुमार बस्नेत तथा अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ र झलमाया विक रहेका छन्।
त्यस्तै, अधिवक्ता राजु कटुवाललाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ। यो समितिले संविधान संशोधनका विषयमा अध्ययन गरी पार्टीलाई सुझाव दिनेछ।







