रास्वपाले केन्द्रीय समिति बैठक बोलायो

User Image Prime TV News एक महिना अगाडि
Image of रास्वपाले केन्द्रीय समिति बैठक बोलायो

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सोमबार दिउँसो ३ बजे बैठक बस्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। बैठक पार्टी केन्द्रीय कार्यालयमा हुनेछ। बैठकको एजेन्डा आजै बस्ने सचिवालय बैठकले तय गर्नेछ।

यसअघि सचिवालय बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन, र विभिन्न रिक्त पदमा मनोनयन गर्ने विषयमा छलफल भइरहेको छ। त्यस्तै महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, प्रतिनिधिसभा सदस्यलाई संगठनात्मक जिम्मेवारी दिने र संसदीय दलका लागि लेबी तथा प्राविधिक सहयोग निर्धारण गर्ने विषय पनि छलफलमा छन्।