युवा संघमा आवद्ध निराजन पौडेल ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ

User Image Prime TV News एक महिना अगाडि
Image of युवा संघमा आवद्ध निराजन पौडेल ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ

काठमाडौ । नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघमा आवद्ध निराजन पौडेल (निरे) लाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि ज्यान मार्ने उद्योग, हातहतियार र अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौका अनुसार विभिन्न घटनामा उनीविरुद्ध उजुरी परेपछि पक्राउ गरिएको हो। उनलाई बिहीबार बालुवाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी सार्वजनिक शान्ति भंग गर्ने गतिविधिमा संलग्न रहेको आरोप छ। साथै उनी चक्रे मिलन समूहसँग आवद्ध रहेको पनि प्रहरीले जनाएको छ।

पौडेलले आफू ठेक्कापट्टाको काम गर्ने बताएका छन्। उनीमाथि अभद्र व्यवहारको मुद्दामा म्याद थप गरिएको छ भने अन्य आरोपबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।