अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने–इरानको “ब्ल्याकमेल” स्विकार छैन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज जलमार्ग बन्द गरेर दबाब नदिन चेतावनी दिएका छन्। ह्वाइट हाउसमा भएको कार्यक्रममा बोल्दै उनले इरानसँग संवाद भइरहेको तर अमेरिका कुनै पनि दबाब वा “ब्ल्याकमेल” स्वीकार नगर्ने बताएका छन्।
ट्रम्पका अनुसार इरानले विगतमा पनि यस्तो प्रयास गर्दै आएको छ, तर अमेरिका त्यसमा नझुक्ने उनको भनाइ छ। यो प्रतिक्रिया इरानले होर्मुज जलमार्ग पुनः बन्द गर्ने चेतावनी दिएको केही समयपछि आएको हो। इरानले अमेरिकाले लगाएको नाकाबन्दीका कारण यस्तो कदम चाल्न सक्ने संकेत दिएको छ।
यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकाबाट आएको नयाँ प्रस्ताव अध्ययन भइरहेको जनाएको छ। तर इरानले आफ्नो राष्ट्रिय हितमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ।







