पूर्वराजा ज्ञानेन्द्र शाह यस साता पोखरा जाँदै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा जाने भएका छन्। उनका संवाद सचिवले आइतबार सूचना जारी गर्दै भ्रमणबारे जानकारी दिएका हुन्।
उनी आफ्नी पत्नी कोमल राज्य लक्ष्मी देवी शाहसहित पोखरा जान लागेका छन्। पोखरामा रहँदा पूर्वराजा शाह विभिन्न कार्यक्रमहरूमा सहभागी हुने र समर्थक तथा शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।
यसअघि नयाँ वर्षको सन्देशमा उनले वर्तमान सरकारप्रति नरम धारणा व्यक्त गरेका थिए।







