रास्वपाको सचिवालय बैठक आज
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज आइतबार बस्दैछ। बैठक पार्टीको केन्द्रीय कार्यालयमा हुने जनाइएको छ। बैठकमा विभिन्न ६ वटा विषयमा छलफल गरिने रास्वपाले जनाएको छ । जिल्ला अधिवेशन कार्यविधि २०८३ लाई अन्तिम रूप दिने तयारी गरिएको छ।
यसैगरी बैंक खाता सञ्चालनसम्बन्धी विषयमा पनि निर्णय हुने बताइएको छ। रिक्त रहेका केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूमा नयाँ मनोनयन गर्ने तयारी पनि बैठकमा हुनेछ। पार्टीले महाधिवेशन कार्यविधि तयार गर्न मस्यौदा समिति गठन गर्ने योजना बनाएको छ।
बैठकमा प्रतिनिधिसभा सदस्यहरूलाई संगठनात्मक जिम्मेवारी दिने विषयमा पनि छलफल हुनेछ। साथै केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि आजै हुन सक्ने बताइएको छ। यसका साथै संसदीय दलका लागि प्राविधिक सहयोग र लेबी निर्धारण गर्ने विषय पनि बैठकमा उठ्नेछ।







