बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु, दुई घाइते

User Image Prime TV News एक महिना अगाडि
Image of बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु, दुई घाइते

काठमाडौ । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आज बिहान करिब सवा पाँच बजे गुलरिया नगरपालिका–७ स्थित वन डिभिजन कार्यालय नजिक पैदल हिँडिरहेका चार जनालाई एम्बुलेन्सले ठक्कर दिएको हो। कोहलपुरबाट राजापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश बी एए ०३०५ नम्बरको एम्बुलेन्सले उनीहरुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका करिब ७ वर्षीय नाति रिहान्सको घटनास्थलमै मृत्यु भएको छ। स्थानीयका अनुसार लामिछाने योग गुरु पनि थिए। दुर्घटनामा लामिछानेकी पत्नी ५० वर्षीया सीता र ६५ वर्षीय सूर्य उपाध्याय घाइते भएका छन्। घाइते दुवै जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरू बिहान योग गर्न जाँदै गर्दा तीव्र गतिमा आएको एम्बुलेन्सले ठक्कर दिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।