सर्वोच्च अदालतको फैसलापछि आफ्ना निकटका नेताहरू संग छलफल गर्दै पूर्णबहादुर

User Image Prime TV News एक महिना अगाडि
Image of सर्वोच्च अदालतको फैसलापछि आफ्ना निकटका नेताहरू संग छलफल गर्दै पूर्णबहादुर

काठमाडौ ।नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको फैसलापछि आफ्ना निकटका नेताहरूलाई छलफलका लागि बोलाएका छन्।

सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादमा खड्काको रिट खारेज गर्दै गगन थापा नेतृत्वलाई मान्यता दिएको थियो । फैसलापछि अब के गर्ने भन्ने विषयमा छलफल गर्न खड्का निवासमा दिउँसो ४ बजे बैठक बस्ने भएको प्रकाशशरण महतले बताएका छन्।

यस छलफलमा शेरबहादुर देउवा पक्षका नेताहरू सहभागी हुने तयारी छ। विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशशमान सिंह र शशांक कोइराला लगायत नेताहरू अदालतको निर्णयप्रति सन्तुष्ट छैनन्।

फैसला आएपछि पनि कांग्रेसभित्र विवाद सकिएको छैन। अब पार्टीभित्र थप तनाव र शक्ति संघर्ष बढ्ने संकेत देखिएको छ।