अदालतको फैसला, कांग्रेसलाई बलियो बनाउने अवसर : सभापति थापा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको निर्णयपछि पार्टी एकजुट हुने वातावरण बनेको बताएका छन्।
सर्वोच्च अदालतले शुक्रबार राति थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक ठहर गरेपछि उनले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिएका हुन्।
थापाले यो निर्णयलाई कुनै पक्षको जित वा हार नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो विधि र लोकतान्त्रिक प्रक्रियाको जित हो।
उनले अब सबै नेता र कार्यकर्ता मिलेर पार्टीलाई बलियो बनाउनुपर्ने बताएका छन्। देशभित्र र बाहिर रहेका समर्थकहरूलाई पनि सकारात्मक भूमिका खेल्न उनले आग्रह गरेका छन्।
सभापतिको जिम्मेवारी ठूलो भएको भन्दै थापाले आफू त्यसमा सक्रिय भएर लाग्ने बताएका छन्। साथै, आउँदै गरेको महाधिवेशनलाई सफल बनाउँदै पार्टीलाई अझ सुदृढ बनाउने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ छ। थापाले सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्।







