ओली–प्रचण्ड भेटले सकारात्मक सन्देश दिएको नेता बस्नेतको दाबी

User Image Prime TV News एक महिना अगाडि
Image of ओली–प्रचण्ड भेटले सकारात्मक सन्देश दिएको नेता बस्नेतको दाबी

काठमाडौ । नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच भएको भेटलाई महत्वपूर्ण राजनीतिक संकेतका रूपमा व्याख्या गरेका छन्।

बिहीबार त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका ओलीलाई भेट्न प्रचण्ड पुगेका थिए। उनीहरूबीच करिब ४० मिनेट कुराकानी भएको थियो।

केही नेताहरूले यो भेटलाई केवल स्वास्थ्य अवस्थाबारे सोधपुछ मात्रै भएको बताएका छन्। तर बस्नेतले यस्तो कुरा मात्र होइन, भेटको गहिरो अर्थ रहेको बताएका छन्।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले भनेका छन् कि राजनीतिक मतभेद भए पनि नेताहरूबीच संवाद हुनु आवश्यक हुन्छ। उनका अनुसार देशको हितका लागि यस्तो संवाद झन् जरूरी छ।

बस्नेतले यस्तो भेटघाटले देशको राजनीतिमा राम्रो सन्देश दिने र सहकार्य तथा स्थिरताको वातावरण बनाउन सहयोग पुग्ने बताएका छन् ।