मधेसका मन्त्री र स्वकीय सचिव ९ महिनादेखि तलबविहीन

User Image Prime TV News एक महिना अगाडि
Image of मधेसका मन्त्री र स्वकीय सचिव ९ महिनादेखि तलबविहीन

जनकपुर । मधेस प्रदेशमा मन्त्री र सांसदका स्वकीय सचिवहरूले लामो समयदेखि तलब पाउन सकेका छैनन्। करिब ९ महिनादेखि उनीहरूको पारिश्रमिक रोकिएको छ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले तलब बक्यौता रहेको स्वीकार गरेका छन्। तलब नपाउँदा स्वकीय सचिवहरूको दैनिक जीवनमा समस्या परेको बताइएको छ।

यसअघि स्वकीय सचिवको सुविधा हटाउने निर्णय भएपछि तलब वितरण रोकिएको थियो। पछि प्रदेशलाई आफ्नै कानुनअनुसार निर्णय गर्न छुट दिइएको भए पनि मधेस प्रदेशमा अझै भुक्तानी प्रक्रिया अघि बढेको छैन।

प्रदेशसभा सचिवालयले भने तलब निकासाका लागि आवश्यक सबै कागजी काम पूरा गरिसकेको जनाएको छ। तर मुख्यमन्त्री कार्यालयबाट भुक्तानी आदेश नआएका कारण रकम रोकिएको हो।

मुख्यमन्त्री यादवले केन्द्र सरकारको स्पष्ट निर्णयपछि मात्र तलब दिने बताएका छन्। तर अन्य प्रदेशले भने आफ्नै निर्णयमा तलब भुक्तानी गरिसकेका छन्। यसैबीच बालेन्द्र शाह नेतृत्वमा पुनः स्वकीय सचिव राख्न थालिएपछि मधेसमा पनि बक्यौता तलब पाउने आशा बढेको छ।