सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसका भरत खड्का निर्विरोध निर्वाचित
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापतिमा नेपाली कांग्रेसका सांसद भरत खड्का निर्विरोध निर्वाचित भएका छन्।
समितिले तोकेको मनोनयन दर्ता अवधिमा खड्काको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। उनको प्रस्तावकमा मोहन आचार्य र समर्थकमा जनकराज गिरी रहेका थिए। शुक्रबार बसेको समिति बैठकले खड्का निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
समितिका सदस्य सांसद योगेश गौचन थकालीले खड्का निर्विरोध निर्वाचित भएको जानकारी दिएका छन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दललाई समर्थन गर्ने निर्णय गरेपछि कांग्रेसका खड्काको निर्विरोध निर्वाचन भएको हो।
समितिमा रास्वपाको बहुमत तथा अन्य विपक्षी दलहरूको समर्थनसमेत कांग्रेसलाई रहेकाले उनी सभापतिमा चयन भएका हुन्।







