अमेरिकाले लगायो अमेरिकाका विरोधी शक्तिहरूलाई सहयोग गर्ने व्यक्तिहरूमाथि भिसा प्रतिबन्ध

User Image Prime TV News एक महिना अगाडि
Image of अमेरिकाले लगायो अमेरिकाका विरोधी शक्तिहरूलाई सहयोग गर्ने व्यक्तिहरूमाथि भिसा प्रतिबन्ध

काठमाडौ । अमेरिकी विदेश मन्त्रालयले अमेरिकाका विरोधी शक्तिहरूलाई सहयोग गर्ने व्यक्तिहरूमाथि भिसा प्रतिबन्ध लगाएको छ।

मन्त्रालयका अनुसार अमेरिकाको हितविरुद्ध गतिविधिमा संलग्न रहेको आरोपमा २६ जनामाथि यो कारबाही गरिएको हो। उनीहरूलाई अमेरिका प्रवेशका लागि भिसा नदिने वा पहिले दिइएको भिसा रद्द गर्ने निर्णय गरिएको छ। यो निर्णय डोनाल्ड ट्रम्पको नीतिसँग जोडिएको समयमा आएको हो। ट्रम्पले हालै पश्चिमी गोलार्धमा अमेरिकी प्रभाव बढाउने उद्देश्यसहित कडा नीति अघि बढाइरहेका छन्।

उनले लागूऔषध तस्करी नियन्त्रणमा कडा कदम चाल्ने र आवश्यक परे आर्थिक तथा सैन्य कारबाही गर्ने चेतावनीसमेत दिएका छन्। साथै, अमेरिकाले यस क्षेत्रमा चीन को बढ्दो प्रभावलाई नियन्त्रण गर्न खोजिरहेको बताइएको छ। अमेरिकी विदेश मन्त्रालयले नयाँ नीति अनुसार “निर्देशन दिने, सहयोग गर्ने वा वित्तीय समर्थन गर्ने” व्यक्तिहरू पनि कारबाहीको दायरामा पर्ने जनाएको छ ।

अमेरिकी प्रशासनले यो कदमलाई राष्ट्रिय सुरक्षा र कूटनीतिक हित जोगाउने प्रयासका रूपमा व्याख्या गरेको छ।