एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्ड बिच भेटवार्ता

User Image Prime TV News एक महिना अगाडि
Image of एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्ड बिच भेटवार्ता

काठमाडौ । पुष्पकमल दाहाल (प्रचण्ड) ले अस्पतालमा उपचाररत एमाले अधयक्ष केपी शर्मा ओलीलाई भेटेबार्ता गरेका छन्। पत्थरीको अप्रेसनपछि टिचिङ अस्पतालमा उपचार गराइरहेका ओलीलाई भेट्न प्रचण्ड बिहीबार अस्पताल पुगेका हुन्।

अस्पतालले ओलीलाई आइसीयुबाट सामान्य वार्डमा सारेपछि प्रचण्ड स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेको बताइएको छ। एमाले सचिव भानुभक्त ढकालका अनुसार दुई नेताबीच करिब ४० मिनेट कुराकानी भएको थियो। भेट मुख्य रूपमा स्वास्थ्य अवस्थाबारे केन्द्रित रहेको जनाइएको छ।

यद्यपि, पछिल्लो समय राजनीतिक सहकार्य र पार्टी एकीकरणको चर्चा चलिरहेका बेला यो भेटलाई राजनीतिक रूपमा पनि अर्थपूर्ण रूपमा हेरिएको छ।