कांग्रेसले छलफलका लागि बोलायो प्रदेश सभापति र मुख्यमन्त्रीहरुलाई
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले पार्टीको प्रदेश र स्थानीय तहको कामलाई प्रभावकारी बनाउने उद्देश्यले सातै प्रदेशका नेताहरूसँग छलफल गर्ने भएको छ। पार्टीले ६ वैशाखमा केन्द्रीय कार्यालय सानेपामा प्रदेश सभापति, आफ्नो दलबाट रहेका मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेताहरूलाई बोलाएको जनाएको छ।
कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ। सोही सन्दर्भमा बैठकमा स्थानीय सरकारलाई थप प्रभावकारी बनाउने विषयमा मुख्य छलफल हुने बताइएको छ।
यसका साथै, गण्डकी प्रदेश मा हालै गरिएको मन्त्री फेरबदलको विषय पनि बैठकमा उठ्नेछ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले केन्द्रसँग परामर्श नगरी मन्त्री नियुक्त गरेको विषयमा पार्टीभित्र छलफल हुने जनाइएको छ। मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेस र नेकपा एमाले बीच ४/४ मन्त्रालय भागबन्डा गर्दै हालै मन्त्री हेरफेर गरेका थिए।
बैठकलाई पार्टीभित्र समन्वय बढाउने र प्रदेश–स्थानीय तहको कामकारबाहीलाई चुस्त बनाउने प्रयासका रूपमा हेरिएको छ।







