बालेनले भने– “नेपाल आमा हाँसेको हेर्न चाहन्छु”

User Image Prime TV News एक महिना अगाडि
Image of बालेनले भने– “नेपाल आमा हाँसेको हेर्न चाहन्छु”

काठमाडौ । बालेन्द्र शाहले मातातीर्थ औंसी का अवसरमा सम्पूर्ण आमाहरूप्रति शुभकामना व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै आमा र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने बताएका छन्। “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” भन्ने भनाइ उल्लेख गर्दै उनले आमाको माया र त्याग अतुलनीय हुने बताए।

शाहले आमा जीवनको पहिलो गुरु भएको उल्लेख गर्दै आमाको काख न्यानो र चरण तीर्थजस्तै पवित्र हुने बताएका छन्। उनले सबै आमाहरूको सम्मान गर्दै उनीहरूको दीर्घायुको कामना पनि गरेका छन्। यसैगरी, उनले सन्तानले यस्तो काम गर्न सकून् कि आमाले सधैं गर्व गर्न सकून् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

अन्त्यमा उनले “नेपाल आमा हाँसेको हेर्न चाहन्छु” भन्दै देशको उज्यालो भविष्यप्रति आफ्नो चाहना प्रकट गरेका छन्।