कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ।
बिहीबार भएको सुनुवाइमा रिट निवेदक पक्षको बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ। अब यसमा शुक्रबार फेरि सुनुवाइ हुने छ। यो मुद्दा न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ।
आज शेरबहादुर देउवाको पक्षबाट कानुन व्यवसायीहरूले बहस गरेका छन्। भोलि भने गगन थापासहितको पक्षबाट बहस हुने तय भएको छ। यो रिटमा निर्वाचन आयोगको निर्णय बदर गर्न र नयाँ कार्यसमितिलाई अवैधानिक ठहर गर्दै खारेज गर्न माग गरिएको छ।







