रास्वपाको संसदीय दलको उपनेतामा गणेश पराजुली
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको उपनेतामा गणेश पराजुलीलाई चयन गरेको छ।
बिहीबार बसेको संसदीय दलको बैठकले पराजुलीलाई उपनेता बनाउने निर्णय गरेको हो। पार्टी सभापति रवि लामिछानेका अनुसार प्राविधिक कारणले यो निर्णय सार्वजनिक गर्न ढिलाइ भएको रास्वपाले जनाएको छ ।
यसअघि नै रास्वपाले बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ। नेता चयन भएपछि शाह प्रधानमन्त्री बनेका छन्। त्यस्तै, मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी चयन भएका छन् भने सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिइएको छ।







