कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिका लागि उम्मेदवारी दिने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति चयनका लागि प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति भएको छ।
बिहीबार सिंहदरबारमा बसेको कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूको संयुक्त बैठकले लेखा समितिको सभापतिमा कांग्रेसलाई अघि बढाउने निर्णय गरेको हो। बैठक कांग्रेस संसदीय दलको कार्यालयमा बसेको थियो।
सहमति अनुसार अब कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिका लागि उम्मेदवारी दिने भएको छ। कांग्रेस सांसद भीष्मराज आङदेम्बेले यो सहमति भएको जानकारी दिएका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरिसकेको छ।
रास्वपाले अन्य संसदीय समितिहरूको नेतृत्वका लागि भने आफ्ना उम्मेदवार उठाएको छ ।







