एमालेलाई पुनर्गठन गरिने, कार्यकर्तालाई प्रचारबाट नअल्झिन आग्रह

User Image Prime TV News एक महिना अगाडि
Image of एमालेलाई पुनर्गठन गरिने, कार्यकर्तालाई प्रचारबाट नअल्झिन आग्रह

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई नयाँ ढंगले पुनर्गठन गर्ने बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत पार्टी अहिले समीक्षा चरणमा रहेको जानकारी दिएका छन्। आम निर्वाचन ०८२ मा आएको नतिजापछि पार्टीभित्र समीक्षा भइरहेको उनको भनाइ छ। उनका अनुसार अहिले वडा, पालिका र जिल्ला तहमा समीक्षा कार्य चलिरहेको छ। प्रदेशबाट प्रतिवेदन आएपछि केन्द्रले अन्तिम समीक्षा गर्ने तयारी गरेको छ।

पोखरेलले केही समूहले पार्टीलाई कमजोर बनाउन गलत प्रचार गरिरहेको दाबी गर्दै त्यस्ता कुराबाट प्रभावित नहुन कार्यकर्तालाई आग्रह गरेका छन्। उनले अनलाइनमार्फत पनि कार्यकर्ताबाट सुझाव संकलन भइरहेको बताए। सबै सुझाव र तथ्यका आधारमा केन्द्रीय कमिटीले पार्टीको आगामी दिशा तय गर्ने उनले बताएका छन्।