पार्टीले स्पष्टिकरण सोधेपछि पूर्णबहादुर खड्को प्रतिक्रिया– 'निरर्थक र हास्यास्पद'
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको अनुशासन समितिले सोधेको स्पष्टीकरणप्रति आपत्ति जनाएका छन्। पार्टीको अनुशासन समितिले ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएपछि खड्काले त्यसलाई “निरर्थक र हास्यास्पद” बताएका हुन्।
उनले सञ्चारमाध्यमसँग कुरा गर्दै स्पष्टीकरण सोध्ने आधार नै उचित नभएको दाबी गरेका छन्। अनुशासन समितिले भने खड्काले पार्टीको लेटरप्याड प्रयोग गरेर अनधिकृत रूपमा प्रेस विज्ञप्ति जारी गरेको आरोप लगाएको छ। उक्त कार्य पार्टी विधानविपरीत भएको भन्दै समितिले स्पष्टीकरण मागेको हो।
समितिका अनुसार पार्टीको नियमअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो। अब खड्काले तोकिएको ७ दिनभित्र जवाफ दिनुपर्नेछ। त्यसपछि पार्टीले थप निर्णय गर्ने बताइएको छ।







