मन्त्री पद नपाएपछि गण्डकी प्रदेशसभा सदस्य कुँवरले दिए राजीनामा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । गण्डकी प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले सांसद पदबाट राजीनामा दिएका छन्।
कुँवरले बुधबार प्रदेशसभा सभामुखलाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन्। उनले आफ्नो राजीनामा सोही मितिदेखि लागू हुने गरी दिएको बताएका छन्। कुँवर बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन्।
उनी मन्त्री बन्ने आकांक्षी रहेको चर्चा भए पनि मन्त्री पद नपाएपछि उनले सांसद पदबाट राजीनामा दिएको बताइएको छ। यसैबीच, गण्डकी प्रदेशमा आजै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा मन्त्रिमण्डल पुनर्गठन भएको छ। नयाँ मन्त्रिमण्डलमा कांग्रेस र एमालेका गरी आठ जना मन्त्री थपिएका छन्।








