रास्वपाले बोलायो संसदीय दलको बैठक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अनुसार बैठक बिहीबार दिउँसो १२ः१५ बजे बस्नेछ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएअनुसार बैठक सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा हुनेछ।
बैठकमा संसदीय समितिका सभापति चयनको निर्वाचनलगायत विभिन्न विषयमा छलफल हुने बताइएको छ। आगामी सभापति निर्वाचनलाई ध्यानमा राख्दै दलको तयारी र रणनीतिबारे पनि बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।







