कांग्रेसले पूर्ण बहादुर खड्कालाई स्पष्टिकरण सोध्ने तयारी

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेसले पूर्ण बहादुर खड्कालाई स्पष्टिकरण सोध्ने तयारी

काठमाडौ । नेपाली कांग्रेसले पूर्व उपभापति पूर्ण बहादुर खड्का सँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार खड्काले पार्टीको आधिकारिक लेटरप्याड प्रयोग गरेर कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि कांग्रेस असन्तुष्ट बनेको हो।

यही विषयमा केन्द्रीय अनुशासन समितिको बुधबार बस्ने बैठकले औपचारिक रूपमा स्पष्टीकरण सोध्ने निर्णय गर्ने बताइएको छ। खड्काले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने निर्णयप्रति आपत्ति जनाएका थिए। उक्त विज्ञप्तिपछि कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको हो।

यसअघि नै अनुशासन समितिले १८ चैतमा बसेको बैठकमा कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरे कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो। त्यसअघि पनि खड्काले १४ चैतमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकाल्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति विरोध जनाएका थिए।

यस्तै, उनले १७ चैतमा पनि सोही हैसियतमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएर दुई दिन छलफल गरेका थिए। पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोप लागिरहेका बेला कांग्रेसले अब खड्कासँग औपचारिक जवाफ माग्ने तयारी गरेको हो।