नयाँ बर्षमा रबि लामिछानेको शुभकामना-'खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्'
Prime TV News एक महिना अगाडि 
काठमाडौ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ को अवसरमा फरक शैलीमा शुभकामना दिएका छन्।
उनले नयाँ वर्ष सजिलो नभई कठिन हुने संकेत गर्दै “खिल निकाल्ने वर्ष” भनेका छन्। यस्तो अवस्थामा पीडा हुने भए पनि त्यसलाई सहन सक्ने शक्ति आवश्यक पर्ने उनले बताएका छन्।
मंगलबार बिहान सामाजिक सञ्जालमा सन्देश दिँदै उनले लेखेका छन्, “खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्। हाम्रोतर्फबाट धेरै शुभकामना।”
उनको यो भनाइलाई सामान्य शुभकामनाभन्दा फरक रूपमा लिइएको छ। यसले आगामी दिनमा राजनीति र देशको अवस्था चुनौतीपूर्ण हुन सक्ने संकेतका रुपमा लिइएको छ ।







