कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक वैशाख २ गते बस्ने भएको छ। समितिका सचिव दिनेश थापा मगरका अनुसार बैठक बिहान ११ बजे सानेपास्थित पार्टी कार्यालयमा हुनेछ। सोही दिन दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि राखिएको छ।
बैठकमा पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको नाममा जारी गरेको विज्ञप्तिबारे छलफल हुने जनाइएको छ। यसअघि पनि उनले यस्तो विज्ञप्ति निकालेपछि समितिले सचेत गराएको थियो। फेरि त्यही विषय दोहोरिएपछि यसपटक बैठकमा यसबारे विस्तृत छलफल हुने बताइएको छ।
यससँगै प्रतिनिधि सभा निर्वाचनका बेला पार्टीका उम्मेदवारविरुद्ध काम गरेको भन्दै आएका उजुरीहरूबारे पनि बैठकमा छलफल गरिनेछ।







