कांग्रेसमा क्रियाशील सदस्यता खारेज नभई अद्यावधिक हुने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेज नभई अद्यावधिक मात्र हुने स्पष्ट पारेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसबारे प्रष्ट पार्दै सदस्यता खारेज हुने चर्चा गलत भएको बताएका हुन्।
उनका अनुसार पार्टीले पुरानो क्रियाशील सदस्यता हटाउने होइन, अद्यावधिक गर्ने प्रक्रिया अघि बढाएको हो। यसले पार्टीलाई गाउँ–गाउँसम्म अझ मजबुत बनाउने उनको भनाइ छ। महामन्त्री पौडेलले विगतमा देखिएका समस्या समाधान गर्न यसपटक प्राविधिक सुधारसहित प्रक्रिया अघि बढाइएको पनि बताएका छन्।
उनले भोलि देखि सबै क्रियाशील सदस्यलाई आफ्नो विवरण अद्यावधिक गर्न र नयाँ सदस्य बन्न चाहनेलाई पनि आवेदन दिन आग्रह गरेका छन्।







