एमाले अध्यक्ष ओलीको आज पित्तथैलीको अपरेसन हुँदै

User Image Prime TV News एक महिना अगाडि
Image of एमाले अध्यक्ष ओलीको आज पित्तथैलीको अपरेसन हुँदै

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आज पित्तथैलीको शल्यक्रिया हुँदैछ।

चिकित्सकहरूले यसअघि नै आजका लागि अपरेसन गर्ने निर्णय गरेका थिए। सोही अनुसार उनलाई अपरेसन थिएटरमा लगिएको छ। डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा रहेको टोलीले उनको पित्तथैलीमा रहेको पत्थरी निकाल्नेछ।

चिकित्सकका अनुसार पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको छ। यसअघि उनी पक्राउ परेपछि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। अहिले सोही अस्पतालमा उनको उपचार भइरहेको छ।