सम्पत्तिको मात्र विवरण होइन, स्रोत पनि खुलाउनुपर्छ : हर्कराज राई साम्पाङ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारका मन्त्रीहरूको सम्पत्ति मात्र होइन, त्यसको स्रोत पनि खुलाउनुपर्ने माग गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै सम्पत्ति कति छ भनेर मात्र देखाउनु पर्याप्त नभएको बताएका छन्। उनका अनुसार, त्यो सम्पत्ति कसरी कमाइयो भन्ने कुरा नखुलाउँदा शंका पैदा हुन्छ।
साम्पाङले भनेका छन्, “सम्पत्ति देखाउनु मात्रै ठीक होइन, यसको स्रोत पनि प्रष्ट हुनुपर्छ। स्रोत नदेखिएको सम्पत्ति भनेको सीधै शंकास्पद हुन्छ।”
सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेपछि यस विषयमा बहस सुरु भएको छ। केहीले यसलाई राम्रो कदम भनेका छन् भने धेरैले स्रोत पनि खुलाउनुपर्ने आवाज उठाएका छन्।







