गृहमन्त्री सुधन गुरुङको शेयर बजारमा मात्रै ४ करोड ३१ लाखभन्दा बढी लगानी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सुधन गुरुङको शेयर लगानी विवरण सार्वजनिक भएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दा उनको लगानी पनि सार्वजनिक भएको हो।
विवरण अनुसार गुरुङले शेयर बजारमा मात्रै ४ करोड ३१ लाखभन्दा बढी रकम लगानी गरेका छन्। उनको होप होल्डिङ्स प्रालिमा करिब ३० लाख रुपैयाँ बराबरको शेयर रहेको छ। त्यस्तै, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा करिब ५७ लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख गरिएको छ।
सबैभन्दा ठूलो रकम उनले धितोपत्र बजारमा कारोबार हुने विभिन्न शेयरमा लगानी गरेका छन्। यसमा मात्रै २ करोड ७४ लाखभन्दा बढी रकम रहेको जनाइएको छ।
यसका साथै, एड्भेन्चर भिल्ला प्रालिमा करिब ७० लाख रुपैयाँ बराबरको शेयर रहेको विवरणमा उल्लेख गरिएको छ। समग्रमा हेर्दा गृहमन्त्री गुरुङको धेरै लगानी शेयर बजारमै केन्द्रित रहेको देखिएको छ।







