प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण: श्रीमतीसँग करिब १९० तोला बराबर सुनचाँदी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालबाट एक करोड रुपैयाँभन्दा बढी कमाएको बताएका छन्।
मन्त्रिपरिषद्मा बुझाइएको विवरणअनुसार उनले फेसबुक, युट्युब, टिकटक, स्पोटिफाइ र आईट्युन्स जस्ता प्लेटफर्मबाट आम्दानी गरेका हुन्। उनले श्रीमतीसँग मिलेर करिब १९० तोला बराबर सुनचाँदी रहेको पनि उल्लेख गरेका छन्।
जग्गा सम्पत्तिको कुरा गर्दा, महोत्तरीमा पैतृक रूपमा ९ बिघा जग्गा रहेको छ। त्यस्तै, काठमाडौंमा ५ आना र धनुषामा १.२ बिघा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।
प्रधानमन्त्री शाहले आफ्नो आम्दानीको मुख्य स्रोत डिजिटल माध्यम रहेको देखाएका छन्, जसले अहिलेको समयमा सामाजिक सञ्जालबाट पनि ठूलो आम्दानी गर्न सकिन्छ भन्ने देखाउँछ।







