प्रधानमन्त्री बालेन्द्र शाहलाई गाली गरेको आरोपमा एक युट्युबर पक्राउ
Prime TV News एक महिना अगाडि 
पाँचथर । पाँचथरमा प्रधानमन्त्री बालेन्द्र शाहलाई गाली गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ‘Hades’ नामक युट्युब च्यानल चलाउने रोशन पोखरेललाई प्रहरीले पक्राउ गरेको हो।
उनीमाथि प्रधानमन्त्री शाहविरुद्ध आपत्तिजनक भिडियो बनाएको आरोप छ। प्रहरीका अनुसार पोखरेल फाल्गुनन्द गाउँपालिका–७ का बासिन्दा हुन् र हाल फिदिममा बस्दै आएका थिए। उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।
पोखरेलले आफ्नो युट्युब च्यानलमा नेता र उनीहरूको कामबारे टिप्पणी गर्दै भिडियोहरू बनाउने गरेका थिए। तीमध्ये एक भिडियोमा उनले प्रधानमन्त्री शाहबारे आपत्तिजनक टिप्पणी गरेको आरोप लागेको हो। प्रहरीले उक्त भिडियो अझै पनि उनको युट्युब च्यानलमा रहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।







