भारत भ्रमणअघि बालेन शाहलाई सीमा मुद्दा उठाउन साम्पाङको आग्रह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । भारत भ्रमणको तयारीमा रहेका बालेन्द्र शाहलाई सीमा र राष्ट्रिय हितका विषयमा ध्यान दिन आग्रह गरिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेताहर्कराज साम्पाङले प्रधानमन्त्री शाहलाई भारतसँगको वार्तामा यी मुद्दा उठाउन सुझाव दिएका हुन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणापछि शाह भारत भ्रमणको तयारीमा छन्। भ्रमणको मिति भने अझै तय भएको छैन। यसैबीच, साम्पाङ्ले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेपाल–भारत सीमा क्षेत्रमा भइरहेको अतिक्रमण रोक्न पहल गर्न आग्रह गरेका छन्। उनले विशेष गरी महाकाली क्षेत्रमा सीमा समस्या समाधान गर्न र लिम्पियाधुरा–लिपुलेक क्षेत्रमा नाका खोल्दा नेपालसँग अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।
साम्पाङ्ले प्रधानमन्त्रीको भ्रमण उपलब्धिमूलक हुनुपर्ने उल्लेख गर्दै अहिलेका लागि यी मुख्य विषय उठाए पुग्ने धारणा व्यक्त गरेका छन्। भारत भ्रमणको तयारीसँगै उठेका यी विषयहरूले नेपाल–भारत सम्बन्धमा सीमा र सार्वभौमिकताको मुद्दा फेरि चर्चामा आएको छ।







