इरानी प्रतिनिधिमण्डल इस्लामाबादमा, शान्ति वार्ताको पहल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । इरानका उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको इस्लामाबाद पुगेका छन्। अमेरिकासँग सम्भावित शान्ति वार्ताको तयारीका लागि यो भ्रमण भएको बताइएको छ।
बिबिसीका अनुसार पाकिस्तानको विदेश मन्त्रालयले इरानी टोली इस्लामाबाद आइपुगेको पुष्टि गरेको हो । इस्लामाबादस्थित
नुर खान विमानस्थलमा पुगेको इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसाक दारले स्वागत गरेका थिए। स्वागत कार्यक्रममा राष्ट्रियसभाका सभामुख सरदार अयाज सादिक, सेना प्रमुख फिल्ड मार्सल सैयद असिम मुनिर र आन्तरिक मन्त्री सैयद मोहसिन रजा नक्वी उपस्थित थिए।
इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले गरेका छन्। टोलीमा अब्बास अराघची, रक्षा परिषद् सचिव अली अकबर अहमदियान, केन्द्रीय बैंकका गभर्नर अब्दुलनासेर हेम्मती र इरानी संसद्का धेरै सदस्य पनि उनीहरूसँग छन्।
यो भ्रमणबाट शान्ति वार्तामा केही ठोस प्रगति नआए भने यो केवल औपचारिकता मात्र हुनेछ, जुन अहिलेको अवस्थामा निकै कमजोर कदम मानिन्छ।







