प्रतिनिधि सभामा १० विषयगत समिति गठन

User Image Prime TV News एक महिना अगाडि
Image of प्रतिनिधि सभामा १० विषयगत समिति गठन

काठमाडौ । प्रतिनिधि सभामा विभिन्न क्षेत्रका कामलाई व्यवस्थित र प्रभावकारी बनाउन १० वटा विषयगत समिति गठन गरिएको छ। शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले समिति गठन भएको घोषणा गरेका हुन्।

बैठकमा सभामुख अर्यालले प्रत्येक समितिमा रहेका सांसदहरूको नामावली प्रस्तुत गर्दै अब समितिहरूले आफ्नो जिम्मेवारी अनुसार काम अघि बढाउने बताए।

गठन भएका समितिहरूमा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित, कानुन, कृषि, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा तथा सार्वजनिक लेखा समिति समावेश छन्। यी समितिहरूले सम्बन्धित क्षेत्रका नीति, योजना र कामको निगरानी तथा सुधारमा भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यससँगै संघीय संसद अन्तर्गत दुई वटा संयुक्त समिति पनि गठन गरिएको छ। तीमध्ये संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति रहेका छन्।