उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित

User Image Prime TV News एक महिना अगाडि
Image of उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित

काठमाडौ । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। आज भएको उपसभामुखको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई हराउँदै रुवीकुमारी विजयी भएकी हुन्।

आज उपस्थित भएका २५६ मध्ये रुबीकुमारीले २२९ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाइन्। रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस, नेकपाले समर्थन गरेको थियो। एमालेले कसैलाई मतदान गरेन।