बले हाजिरी जमानीमा रिहा भए

User Image Prime TV News एक महिना अगाडि
Image of बले हाजिरी जमानीमा रिहा भए

काठमाडौ । कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन्। बलात्कारको आरोपमा चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका उनलाई आज हाजिरी जमानीमा रिहा गरिएको हो।

प्रहरीले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई हाजिरी जमानीमा छाडिएको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।