परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकर बिच भेटवार्ता

User Image Prime TV News २ घण्टा अगाडि
Image of परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकर बिच भेटवार्ता

काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्। भेटवार्ता मौरिससको पोर्ट लुइसमा शुक्रबार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन मौरिसस पुगेका परराष्ट्रमन्त्री खनालले सम्मेलनकै क्रममा भारतीय विदेशमन्त्रीसँग द्विपक्षीय छलफल गरेका हुन्।

भेटमा भारतीय विदेशमन्त्रीले नेपालका परराष्ट्रमन्त्री नियुक्त भएकोमा बधाई दिएका थिए। साथै दुई देशबीच लामो समयदेखि रहँदै आएको सम्बन्धबारे पनि छलफल भएको जनाइएको छ। दुवै मन्त्रीबीच आपसी हितका विषयमा छलफल भएको र नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यो भेटवार्ता हिन्द महासागर सम्मेलनको अवसरमा भएको हो, जुन मौरिससको पोर्ट लुइसमा चलिरहेको छ।