उपसभामुख चयनका विषयमा भएको सहमति रास्वपाले उल्लङ्घन गर्योः खुस्बु ओली
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले उपसभामुख चयनका विषयमा भएको सहमति सत्तारुढ दल रास्वपाले उल्लङ्घन गरेको आरोप लगाएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले रास्वपाको व्यवहारले राजनीतिक अविश्वास बढाएको बताइन्। उनका अनुसार आफूहरूले पदका लागि नभई आचरण र सिद्धान्तका विषयमा प्रश्न उठाएको हो। सांसद ओलीले नयाँ भन्दै आएका राजनीतिक दलहरूले नै सिन्डिकेट शैली अपनाउन खोजेको हो कि भन्ने प्रश्न पनि उठाइन्।
उनले सहमति कार्यान्वयन नहुँदा संसदभित्र विश्वासको वातावरण कमजोर हुने भन्दै सबै दलहरू गम्भीर हुनुपर्ने धारणा राखिन्। उनले भनिन्, ‘हामीले हिजो दिएको उम्मेदवारी कुनै पद प्रतिको तृष्णा थिएन। यो यसैपनि प्रतिपक्षको अधिकार नै थियो र राष्ट्रिय स्वतन्त्र पार्टीसँगको समझदारी पछि नयाँ ऊर्जा र प्रतिपक्षमै रहेर भएपनि सहकार्यको सम्भावनामा सकारात्मक भएर राप्रपा अगाडि बढेको हो। यो संविधानले प्रतिपक्षलाई निहित गरेको पदको मात्र प्रश्न होइन। यो राजनीतिक आचरण र विश्वसनीयताको पनि परीक्षण थियो। राजनीतिक संस्कारको पनि परीक्षण थियो, जसमा सत्तारुढ दलले आफूलाई असफल साबित गरेको छ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी बोलीको पक्का रहँदै आएको जिकिर गरिन्। राष्ट्रिय स्वतन्त्र पार्टीले उदाउँदै गरेको आफ्नो राजनीतिक इतिहासमा आफ्नै शब्द र प्रतिबद्धता माथि विश्वास गरिहाल्न नसक्ने नजिर स्थापित गरेको सुनाइन्। उनले भनिन्, ‘मलाई निकै दुख लागेको छ। आजको प्रश्न पदको होइन राजनीतिक आचरणको हो। उहाँहरूको यस किसिमको अविश्वसनीय शैलीले रास्वपाको पार्टीको पनि विश्वसनीयतालाई समेत अनावश्यक रूपमा असर पुर्याउने काम भएको छ। यसलाई राप्रपाले भुली दिनेछ, माफ गरिदिनेछ सम्माननीय सभामुख महोदय। तर यस्तो राजनीतिक संस्कार यो सदनमा कहिल्यै पनि नदोहोरियोस्।’
साथै उनले नयाँ र पुरानो दलहरु पहिचान हुने गरि छुट्टै लोगो बनाइदिन समेत आग्रह गरिन्







