पुराना र नयाँ दल एउटै जस्तो देखिए : ज्ञानेन्द्र शाही

User Image Prime TV News एक महिना अगाडि
Image of पुराना र नयाँ दल एउटै जस्तो देखिए : ज्ञानेन्द्र शाही

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीले उपसभामुख पदमा उम्मेदवारी दिएपछि राजनीतिमा स्पष्ट अवस्था देखिएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पुराना र नयाँ भनिएका राजनीतिक दलहरू एकै ठाउँमा उभिएको आरोप लगाए। उनका अनुसार दलहरूको नाम फरक भए पनि उनीहरूको सोच र नीति उस्तै रहेको देखिएको छ।

शाहीले उपसभामुखको साझा उम्मेदवार छनोटका क्रममा अन्य विपक्षी दलहरूले राप्रपालाई बेवास्ता गरेको पनि बताएका छन्। उनले रास्वपाका सभापति रवि लामिछानेबाट आश्वासन पाएपछि मात्र उम्मेदवारी दिएको तर पछि समर्थन नपाएको गुनासो गरेका छन्।

उनले आफ्नो पार्टीको उम्मेदवारीले राजनीतिमा ‘क्लियर लाइन’ देखिएको दाबी गरे। साथै उनले संसदमा संख्याभन्दा भूमिकाको महत्व हुने भन्दै संख्या केवल सत्ता जोगाउन प्रयोग हुने बताएका छन्।