मन्त्री र सांसदलाई आफन्तवाद नगर्न लामिछानेको चेतावनी

User Image Prime TV News एक महिना अगाडि
Image of मन्त्री र सांसदलाई आफन्तवाद नगर्न लामिछानेको चेतावनी

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदहरूलाई आफन्त र नजिकका व्यक्तिलाई नियुक्ति दिन नलाग्न कडा निर्देशन दिएका छन्।

शुक्रबार सिंहदरबारस्थित संसदीय दलको बैठकमा उनले पदको दुरुपयोग नगर्न र पारदर्शिता कायम राख्न जोड दिएका हुन्। उनले जिम्मेवारीमा बसेका व्यक्तिहरूले निष्पक्ष रूपमा काम गर्नुपर्ने बताए। यसअघि आफ्नी श्रीमतीलाई नियुक्ति दिलाएको आरोप लागेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह पदबाट हटाइएका थिए।

प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार उनलाई पदमुक्त गरेका हुन्। उक्त घटनापछि रास्वपाले पार्टीभित्र अनुशासन र नैतिकता मजबुत बनाउन यस्तो निर्देशन दिएको जनाइएको छ।