राप्रपालाई कुनै धोका दिएको छैनः रवि लामिछाने

User Image Prime TV News एक महिना अगाडि
Image of राप्रपालाई कुनै धोका दिएको छैनः रवि लामिछाने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी सँगको सम्बन्धमा कुनै धोका नभएको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उपसभामुख निर्वाचनका सन्दर्भमा रास्वपाले धोका दिएको भन्ने आरोपप्रति उनले प्रतिक्रिया दिएका हुन्। लामिछानेले राजनीतिक दलहरूबीच संवाद र सहकार्य निरन्तर भइरहने बताएका छन्। उनले निर्णयहरू कहिलेकाहीँ परिस्थितिअनुसार बदलिन सक्ने पनि स्पष्ट पारे।

उनले राप्रपाका नेता ज्ञानेन्द्र शाहीसँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै आगामी दिनमा दुवै पक्षबीच सहकार्यका अवसर अझै धेरै रहेको बताए। ‘राजनीतिमा सहकार्यका धेरै सम्भावना हुन्छन्, भविष्यमा पनि हामी सँगै काम गर्न सक्छौँ,’ उनले भने।