सेयर बजार १३.४६ अंकले घट्यो

User Image Prime TV News एक घण्टा अगाडि
Image of सेयर बजार १३.४६ अंकले घट्यो

काठमाडौ । शुक्रबार सेयर बजार १३.४६ अंकले घटेको छ। आइतबार सार्वजनिक बिदा हुने भएपछि शुक्रबार बजार खुलेको हो। कारोबारपछि नेप्से परिसूचक २८३७ अंकमा पुगेको छ।आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ९ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएकोमा आज ८ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएको छ।

बजारमा ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ कम्पनीको घटेको छ। ३ कम्पनीको मूल्य भने स्थिर रहेको छ। समग्र बजार घटे पनि उत्पादन तथा प्रशोधन समूह भने १.५९ प्रतिशतले बढेको छ। यो समूहको सूचक हालसम्मकै उच्च ११ हजार ६४२ अंकमा पुगेको छ। केही नयाँ कम्पनी थपिएर लगातार मूल्य बढ्दा यस समूहले नयाँ रेकर्ड बनाएको हो।

अन्य सबै समूहका सूचक भने घटेका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार समूह सबै घटेका छन्। आज ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरूमा पाल्पा सिमेन्ट, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, शिखर पावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक छन्।

त्यस्तै रिलायन्स स्पिनिङ मिल्स ९.३६ प्रतिशत र हिमालयन हाइड्रोपावर ८.४८ प्रतिशतले बढेका छन्। सबैभन्दा धेरै घट्ने कम्पनीमा माइखोला हाइड्रोपावर ४.०४ प्रतिशतले झरेको छ। आज धेरै कारोबार भएका कम्पनीहरूमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, सोलु हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनी रहेका छन्।