प्रधानमन्त्री बालेन्द्र शाहद्वारा दुई नयाँ मन्त्री नियुक्त
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका छन्। शुक्रबार प्रधानमन्त्रीको सचिवालयले यसबारे जानकारी दिएको हो।
सचिवालयका अनुसार दीपक साहलाई बर्खास्त गरेपछि खाली रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी रामजी यादवलाई दिइएको छ। त्यस्तै, प्रधानमन्त्रीले आफैं सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गौरी कुमारी यादवलाई दिइएको छ।
यसअघि यी दुवै मन्त्रालय प्रधानमन्त्री शाहले नै सम्हाल्दै आएका थिए। नवनियुक्त मन्त्री रामजी यादव सप्तरी–२ बाट र गौरी कुमारी यादव महोत्तरी–४ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्। उनीहरूको शपथ आजै हुने बताइएको छ।







